• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, January 18, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home अन्तरवार्ता

असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छः पूर्व राष्ट्रपति डा. रामवरण यादव (अन्तर्वार्ता)

Today by Today
अशोज २, २०७७
in अन्तरवार्ता
0
असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छः पूर्व राष्ट्रपति डा. रामवरण यादव (अन्तर्वार्ता)
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । असोज २ गते ।जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधान सभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्ने अभूतपूर्व अवसर जु¥यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा जन्मिएका उनी पेशाले चिकित्सक हुन् । लोकतन्त्रप्रतिको अविचलित आस्थाका कारण उनी राजनीतिमा पनि त्यत्तिकै सक्रिय भए ।

डा. यादव २०६२/६३ को जनआन्दोलनको बलमा २ सय ४० वर्ष लामो निरङ्कुश राजतन्त्र ढलेसँगै राष्ट्रपतिमा निर्वाचित भएका थिए । मुलुकमा एक राजनीतिक प्रणाली अन्त्य भएको र अर्काे स्थापित भई नसकेको अत्यन्त तरल राजनीतिक अवस्थामा भिन्न भिन्न राजनीतिक आन्दोलन र पृष्ठभूमिका दललाई काखापाखा नगरी अभिभावकत्व प्रदान गर्दै दुई पटक संविधान सभाको निर्वाचन गराएर सहजरुपमा राजनीतिक अवतरण गराउन उनले खेल्लेको भूमिकाको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा गरेको अवसरमा पूर्वराष्ट्रपति डा. यादव संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा लोकतन्त्रको मर्म र संविधानको भावना बुझेर काम गर्न विधायिका, सरकार र राजनीतिक दललाई सुझाव दिन्छन् । उनी भन्छन्–‘असन्तुष्टिका स्वरलाई विधायिकाले सहिष्णु भएर संविधान सम्मतरुपमा कानुन बनाई सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ ।’
प्रस्तुत छ, संविधान दिवस र समसामयिक विषयमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिका समाचारदाता नारायण न्यौपाने र भीष्मराज ओझाले उनीसँग गरेको कुराकानीको पूरा अंशः

संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भइरहँदा यो दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ ?

– संविधान जारी भएको दिन सम्पूर्ण नेपाली जनताका लागि ऐतिहासिक दिन हो । यस दिनमा सबैभन्दा पहिला म नेपाली जनतालाई सम्झन चाहन्छु । जनताको ठूलो संघर्ष र बलिदानकै कारण संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्न सफल भएको हो । यस दिन म खासगरी देश र समाजका लागि त्याग र बलिदान गर्ने शहीदहरु, नेपाली जनता तथा यस संघर्षमा संलग्न राजनीतिक दल र तिनका नेताहरुलाई स्मरण गर्न चाहन्छु ।

नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट संविधान जारी गर्ने त्यो ऐतिहासिक क्षणलाई स्मरण गर्दा यहाँले विशेष गरी कसलाई स्मरण गर्नुहुन्छ ?
– यो संविधान नेपाली जनताको संघर्षको उपज हो । संविधान करिब सात दशक लामो प्रजातान्त्रिक आन्दोलनपछि हासिल भएको उपलब्धि हो । नेपाली जनताका प्रतिनिधिले जनताका लागि पहिलो पटक लेखेको संविधान जारी गर्ने अवसर मैले पाएको थिएँ । विस २००७ देखि २०६२÷०६३ सालसम्म भएका प्रजातान्त्रिक आन्दोलन र राजनीतिक संघर्षको फलस्वरुप हामीले यो संविधान पाएका हौँ । तसर्थ म यो दिनमा सबै आन्दोलन र संघर्षमा बलिदान र योगदान गर्ने सबैलाई विशेष स्मरण गर्न चाहन्छु । निश्चय नै २०६२÷६३ सालको आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइराला तथा तत्कालीन सात दल र पछि थपिएको अर्को एउटा दलका नेताहरुको संघर्ष, योगदान र त्यागबाट नै यो उपलब्धि हासिल भएकाले यसमा सबैलाई सामूहिक रुपमा स्मरण गर्न चाहन्छु ।

संविधान कार्यान्वयनको अवस्था अहिले कस्तो पाउनुभएको छ ? जनताले अपेक्षाअनुसार लाभ प्राप्त गर्न सकेका छन् त ?
– यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । समानुपातिक समावेशीता, संघीयता, धर्मनिरपेक्षता लगायत धेरै विषय समेटिएको यो संविधान लचिलो संविधान हो । कार्यान्वयनको चरणमा निश्चय नै यो संविधान आफ्नो ‘लिक’ मा छ भन्ने मलाई लाग्छ । संविधान जारीपछि तीन तहका निर्वाचन सम्पन्न भई अहिले तीनै तहका सरकारमा निर्वाचित जनप्रतिनिधि छन् । सबैले आ–आफ्ना स्थानबाट काम गरिरहेका छन् । यो संविधानका प्रावधान कार्यान्वयन गर्दै जाने जिम्मेवारी राजनीतिक दल र जनप्रनिधिहरुको हो ।

लोकतन्त्रका अवयवहरु विधि विधानअनुसार चलेमा अवश्य पनि जनताको आकाँक्षा पूरा हुनेछन् । तर लोकतन्त्रको बाटो अभ्यास गर्दै जाँदा लामो समय लाग्दो रहेछ । जनप्रतिनिधिले इमान्दारीतापूर्वक जनताको सेवक भएर आफूलाई समर्पण गरे लोकतान्त्रिक पद्धति अगाडि बढ्छ । मेरो आग्रह छ, संविधान र कानुनअनुसार शासन सञ्चालन होस् । यो विषयलाई जनप्रतिनिधिले मनन गरेन भने लोकतन्त्र मात्र लोकतन्त्रको नाममा सीमित रहन पुग्छ । त्यसैले हामी सबै आजको दिनमा आशा गरौँ कि संविधान कार्यान्वयन हुँदै जाओस्, देश र समाज उन्नति पथमा लम्कोस्, लोकतन्त्र बलियो होस् । यही शुभकामना छ ।

नेपालको संविधानमा जनताको अपार समर्थन हुँदाहुँदै पनि कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वरहरु बेलाबखत सुनिने गरेका छन् । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन कसरी गर्न मुनासिब होला ?
– संघीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्छ । विधायिकामा लगेर छलफल गरी सर्वस्वीकार्य समाधान खोज्न लोकतन्त्रले बाटो देखाउँछ नै । असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको छ । त्यसलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्छ । सहिष्णु भएर सबै समस्यालाई सुन्ने, व्यवस्थापिकामा लगेर खुला रुपमा छलफल गर्ने र त्यसको समाधान खोज्ने हो । लोकतन्त्रको विधिमार्फत सबै विवाद मिल्दै जाने अपेक्षा गरेको छु ।

संविधान जारी भएपछि जनअपेक्षित स्थायित्व, विकास र समृद्धि हासिल गर्ने दिशामा सरकार र दलहरुको भूमिका कस्तो पाउनुभएको छ ?
– संविधान र कानुन अनुसार देश अघि बढिरहेको छ । राजनीतिक दलहरु तथा जनप्रतिनिधिहरु सहिष्णु भएर लोकतान्त्रिक संस्थाहरुमार्फत नै जनताका समस्या र आवश्यकता समाधान गर्दै गए भने विकास र समृद्धि हासिल गर्न सकिन्छ । मैले त सिद्धान्तको कुरा भन्ने हो । अरु कुरा त तपाईहरु जस्ता सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवी वर्गले औँल्याइदिने हो ।

संविधानअनुसार तीनै तहका सरकारको भूमिका र सेवा प्रवाहलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? तीन तहका सरकारबीचको आपसी सहयोग र सहकार्यमा तादाम्यता रहेको कतिको पाउनुभएको छ ?
– राज्यको पुनः संरचनापछि संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । साथै, संविधानमा तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वयकारी भूमिकासहित अधिकारहरु उल्लेख छन् । संविधानले एकल र साझा अधिकार प्रदान गर्नुका साथै आवश्यक कानून बनाएर अघि बढ्ने व्यवस्था गरेको छ जुन अभ्यासको क्रममा छ । संघीयताको मर्म र भावनालाई आत्मसात गरेर संविधान अनुसार लोकतान्त्रिक बाटोबाट सबै तहका सरकार अघि बढेमा तादाम्यता कायम हुन्छ भन्ने लाग्छ । यसो भइदिए कसैले पनि चित्त दुखाउनु पर्दैन, विवाद पनि हुँदैन ।

संघीयता कार्यान्वयनमा तालमेल नपुगेको भन्ने प्रश्न बेलाबखत बाहिर आउने गरेको छ । प्रदेश सरकारले संविधानअनुसारको अधिकार प्रयोग पूर्णरुपमा गर्न नपाएको भन्ने गुनासो पनि छ । यसमा यहाँको केही टिप्पणी छ ?
– जहाँ असन्तुष्टिका स्वर हुन्छन्, त्यहाँ विधायिकाले छलफल गरेर संविधान सम्मतरुपमा कानुन बनाएर व्यवहारमा ल्याउने काम गर्नुपर्छ । सरकार र विधायिकालाई आवश्यक कानुन बनाउने प्रशस्त ठाउँ संविधानले दिएको छ । लोकतन्त्रको मर्म र संविधानमा अन्तर्निहीत भावनालाई बुझेर अघि बढेको खण्डमा सबै समस्या समाधान हुँदै जाने छन् भन्ने मेरो विश्वास छ ।

कतिपय घटनालाई अघि सारेर जनादेशको अवमूल्यन गर्ने काम भयो भन्ने चिन्ता व्यक्त भइआएको पाइन्छ । यस्ता क्रियाकलापले संविधानले आत्मसात गरेको संघीय लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न पक्कै बल पुग्दैन होला । यस विषयमा यहाँको दृष्टिकोण के छ ?

– जनप्रतिनिधिले संविधानले निर्दिष्ट गरेको प्रणालीलाई अघि बढाउँदै जानुपर्छ । विकृतिहरु क्रमशः हट्दै जान्छन् । संविधानको भावनाअनुसार लोकतन्त्रलाई जनप्रतिनिधिले आत्मसात गर्दै लग्यो भने कहीँ कतै त्रुटि भएको छ भने पनि सुधार हुँदै जान्छ । जनमतकोे अवमूल्यन भयो भने पाँच वर्षपछि जनताले चुनावका माध्यमबाट जनप्रतिनिधिलाई सुधार्दै जान्छन् । लोकतन्त्रको गाडी अगाडि–अगाडि बढ्नुपर्छ । सर्वाेच्च स्थानमा रहेका जनता, चेतनशील नागरिक समाज र सञ्चारमाध्यमले ‘वाच डग’ को रुपमा काम गरिरहनुपर्छ । मिडिया स्वतन्त्र होस्, कुनै प्रकारको अंकुश नहोस्, जनताको अधिकारमा कहीँ हस्तक्षेप नहोस्, कहीँ कतै कमीकमजोरी भइहाले सुधार गर्दै जाने काम होस् ।

संविधानमा दलित, महिला, मधेशी, आदिवासी, जनजाति, अपाङता भएका व्यक्ति, सीमान्तकृत वर्ग र समुदायको अधिकार सुनिश्चित गरिएको भए पनि व्यवहारमा अझै कतिपय विषय लागु भइरहेका छैनन् भन्ने गुनासा सुनिन्छ, यसप्रति यहाँको के भनाइ छ ?
– विभिन्न सञ्चारका माध्यमबाट यस्ता कुरा सुनिन्छन्, संविधानले त्यस्ता समुदायका हकहितका विषयलाई सम्बोधन गर्न विभिन्न आयोगको व्यवस्था गरेको छ । संवैधानिक निकायका रुपमा संविधानले निर्दिष्ट गरेका त्यस्ता आयोगलाई पूर्णता दिएर कार्यान्वयनमा लैजानुपर्छ । त्यहाँबाट ती समुदायका गुनासा सुन्ने र समस्या समाधान गर्ने पहलकदमी लिइनुपर्छ । उनीहरुको समस्या समाधान गर्ने दायित्व प्रथमतः सरकार र राजनीतिक दलकै हो । संविधानले प्रत्याभूत गरेका अधिकारलाई प्रयोग गरी अघि बढेमा समस्या समाधान हुँदै जानेछन् । सम्बोधन गर्न विलम्ब गरियो भने चाहीँ विकृति उत्पन्न हुन्छ । ठूलो बलिदानपछि पाएको संविधान प्रभावकारी रुपमा लागु हुदै जाओस् । संविधान सफल भएपछि राष्ट्र सफल हुन्छ र नेपाली जनताको भविष्य पनि उज्ज्वल हुन्छ । यो तथ्यलाई सबैले मनन गर्नुपर्छ ।

यहाँको कार्यकालमा शुरु भएको राष्ट्रपति तराई–मधेस चुरे संरक्षण कार्यक्रमले लिएको लक्ष्य र कार्यान्वयनको वर्तमान अवस्थाप्रति यहाँ कतिको सन्तुष्ट हुनुहुन्छ ?
– मुलुकमा समाजको जस्तै भूगोलको पनि विविधता छ । संसारमा चरमरुपमा प्रकृतिको दोहन भएको छ जसका कारण जलवायु परिवर्तनको असर विश्वभर देखिएको छ । जलवायु परिवर्तनको असरबाट उत्पन्न विषालु जीवाणुबाट कोभिड–१९ जस्ता महामारीको समस्या आएको छ र त्यसको संक्रमणबाट ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने स्थिति देखापर्दैछ । चुरे क्षेत्रमा वन, बोटविरुवा, वनस्पति, जीवजन्तु, पशुपन्छी, खोलानाला, पानीका स्रोत प्रकृतिले दिएको छ । त्यो क्षेत्रको जल, जंगल र जडीबूटी जोगाउन यो कार्यक्रम ल्याइएको हो । चुरे जैविक विविधताको धनी क्षेत्र हो, त्यसले तराईलाई धनधान्य बनाएको थियो । पहिले चुरेमा ठूलो जंगल थियो, जसका कारण तराईमा कृषि, पशुपालन, बालीनाली र फलफूलको उब्जनी राम्रो ढंगबाट हुन्थ्यो, त्यो अवस्था अहिले रहेन । मरुभूमिमा परिणत हुने अवस्था देखिँदै छ, अहिले त्यहाँ ।

अहिलेको चुरे संरक्षणको कार्यप्रति म सन्तुष्ट छैन । तराई–मधेश हाम्रो हिमालको कवच हो । चुरेको संरक्षण गर्न गुरुयोजना बने पनि कार्यान्वयनका लागि कानुन बनाउने कुरा लथालिङ्ग अवस्थामै छ । जुन उद्देश्यले हामीले कार्यक्रम ल्याएका थियाैं, त्यस अनुरुप काम भएको छैन । प्रकृतिलाई सन्तुलित गर्दै विकासका पूर्वाधार अघि बढाउनुपर्छ, त्यस लक्ष्य प्राप्तितर्फ हामी अघि बढ्नुपर्छ ।

अन्त्यमा, संविधान दिवसका अवसरमा जनता, सरकार र राजनीतिक दललाई के सन्देश दिन चाहनुहुन्छ ?
– विधायिका, जनप्रतिनिधि, सरकार र राजनीतिक दलहरु मुलुकमा सुशासन र पारदर्शीता कायम गर्दै लोकतान्त्रिक विधिमार्फत अघि बढोस् भन्ने सम्पूर्ण नेपाली जनताको चाहना छ । म एक नागरिकको हैसियतले कहीँ कतै कसैप्रति विभेद नहोस् र सबै समस्याको विधिपूर्वक समाधान गर्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्न चाहन्छु ।–रासस

Related posts:

प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव असोज ३ गते मधेशको कालो दिन: जसपा धनुषाले विरोध प्रदर्शन र ब्लाक आउट गर्ने अर्को तिर जसपाले संविधान दिवस नमनाई विरोधका कार्यक्रम गर्न गरे आह्वान रेशम चौधरीलाई तुरुन्त रिहा गर्न जसपा नेपालले सरकारसँग गरे माग असोज ३ गते संविधान दिवस संविधान संशोधनको माग गर्दै जसपाद्वारा जनकपुरधाम सहित प्रदेश २ लगायतको स्थानमा गरे विरोध प्रदर्शन चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत ‘उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्नुपर्छ’:विज्ञ मारुती सिमेन्टको वदमासी चल्दैन,मुख्यमन्त्री राउतले गरे अनुगमन,अतिक्रमित जग्गा फिर्ता हुन्छ : मुख्यमन्त्री राउत राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश २०७७ जारी प्रदेश २ का बनबाट तस्करी बढ्यो,कठोर भएर काम भइरहेकोछ: वन निर्देशनालय प्रदेश २ का प्रमुख यादव
Previous Post

असोज ३ गते मधेशको कालो दिन: जसपा धनुषाले विरोध प्रदर्शन र ब्लाक आउट गर्ने अर्को तिर जसपाले संविधान दिवस नमनाई विरोधका कार्यक्रम गर्न गरे आह्वान

Next Post

संविधान दिवसको अवसर राष्ट्रपतिले गरिन् प्रदेश २ सहितको २८९ जनाको कैद मिनाहा

Today

Today

Next Post
संविधान दिवसको अवसर राष्ट्रपतिले गरिन् प्रदेश २ सहितको २८९ जनाको कैद मिनाहा

संविधान दिवसको अवसर राष्ट्रपतिले गरिन् प्रदेश २ सहितको २८९ जनाको कैद मिनाहा

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७
Today Express

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २


बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.

No Result
View All Result
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.