
काठमाण्डौ । कर्तिक १० गते ।इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको एभर्टन साउथ ह्याम्पटनसँग पराजित भएको छ । गयराति भएको खेलमा १० खेलाडीमा सिमित एभर्टन साउथह्याम्पटनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
जितसँगै साउथह्याम्पटनले ६ खेलमा १० अङ्क जोडेको छ । साउथह्याम्पटन पाँचौं स्थानमा समेत उक्लिएको छ । पराजित भएपनि एभर्टन शीर्ष स्थानमा यथावत रहेको छ । एभर्टनले ६ खेलमा १३ अङ्क जोडेको छ ।