• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, January 24, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home अन्तरवार्ता

कोरोना लागे घरमै आइसोलेसनमा कसरी बस्ने, परिवारका सदस्य कसरी जोगिने-कस्तो अवस्थामा अस्पताल जाने?

Today by Today
भदौ २४, २०७७
in अन्तरवार्ता, प्रदेश १, विचार, स्वास्थ्य
0
कोरोना लागे घरमै आइसोलेसनमा कसरी बस्ने, परिवारका सदस्य कसरी जोगिने-कस्तो अवस्थामा अस्पताल जाने?
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter
(वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्टरनल मेडिसिन विभाग प्रमुख प्राध्यापक सञ्जीवकुमार शर्मा

काठमाण्डौ । भदौ २४ गते । कोरोनाभाइरसको संक्रमण बढदै जाँदा अस्पताल भरिँदै गएका छन्। आउने दिनमा संक्रमण झनै बढ्ने देखिन्छ। संक्रमण बढेसँगै गम्भीर समस्या नदेखिएका बिरामी घरमै बस्ने क्रम बढ्ने छ।

होम आइसोलेसन’(घरमा अरू परिवारभन्दा अलग भएर)मा कसरी बस्ने, आफूलाई भएको संक्रमण परिवारमा कसरी सर्न नदिने भन्ने अत्यन्तै महत्वपूर्ण विषय छन्।

होम आइसोलेसन’का दुई तरिका छन्। एउटा सबै परिस्थिति मिल्दा कसरी बस्न सकिन्छ भन्ने। अर्को आ-आफ्नो घरको अवस्थाअनुसार कसरी सावधानी अपनाएर बस्ने।

आइसोलेसनमा बस्नु पर्ने मुख्य कारण, कोरोनाभाइरस पोजेटिभ देखिएको व्यक्तिबाट अरूलाई नसरोस् भन्ने हो।

जसले घरमा अलग्गै कोठा र शौचालय प्रयोग गर्न सक्नुहुन्छ उहाँहरूले त्यसो गर्नुपर्छ। त्यो कोठा र शौचालयमा अरूले प्रवेश गर्नुहुन्न। बिरामी बस्ने कोठा छान्दा भरसक भेन्टिलेसन भएको, उज्यालो कोठा छान्नुपर्छ। प्रशस्त हावा खेल्ने र उज्यालो छिर्ने कोठामा बिरामीलाई संक्रमणबाट चाँडै निको हुन सजिलो हुन्छ। गुम्सिने, उज्यालो नपुग्ने खालको कोठा भयो भने रोग निको हुन समय लाग्छ।

त्यसरी घरमा बसेको बिरामीसँग परिवारका अरू सदस्य अलग्गै बस्नुपर्छ। बिरामी खाना दिँदा, ढोकामा बिरामीले प्रयोग गर्ने छुट्टै थाल बटुकामा खाना राखिदिने गर्नु पर्छ। ती थाल(बटुका अरूले नछुने, बिरामी आफैंले सफा गर्ने र आफ्नै कोठामा लगेर राख्ने गर्नुपर्छ। आइसोलेशनमा बसेको कोठाको, आफूले प्रयोग गर्ने बाथरूमको सरसफाइमा ध्यान दिनुपर्छ। सरसफाइमा जति ध्यान दियो, त्यति राम्रो।

सहरमा बस्ने सबै परिवारका लागि छुट्टै कोठा र बाथरूमको सुविधा नहुन सक्छ। परिवारसहित फ्ल्याटमा भाडामा बस्नेहरूका लागि प्रायस् एउटै शौचालय हुन्छ। त्यस्तो बेला शौचालय जाँदा संक्रमित व्यक्ति सबैभन्दा पछि जानुपर्छ। शौचालय प्रयोग गरिसकेपछि साबुन पानीले राम्रोसँग सफा गर्ने, ढोकाको ह्यान्डिललाई स्यानिटाइजर अथवा साबुन पानीले सफा गर्ने गर्नुपर्छ। यो सबै काम संक्रमित व्यक्तिले नै गर्नुपर्छ। संक्रमित मान्छेले छोएर किटाणु लागेको छ भने साबुन पानी परेपछि मर्छ जसले गर्दा परिवारको अर्को सदस्यलाई सर्दैन। घरमै बोल्दा, हाछ्युँ गर्दा भाइरस सर्ने भएकाले सबैले मास्क लगाउने, घरभित्रै पनि सकेसम्म दुई मिटरको दूरी कायम गर्ने गर्नुपर्छ। संक्रमित व्यक्तिले धेरै गफ गर्ने, धेरै हाँस्ने गर्नुहुन्न।

कतिपय परिवार शहरमा एउटै कोठाम बस्छन्। धेरै परिवारले मिलेर शौचालय पनि एउटै प्रयोग गर्छन्। काठमाडौंजस्ता सहरमा एउटै फ्ल्याटमा दुई(तीन वटा परिवारसमेत बसेका हुन्छन्। उनीहरूले प्रयोग गर्ने शौचालय पनि एउटै हुन्छ। एउटै कोठामा पनि दुई तीन जनासम्म पनि बस्नुपर्ने बाध्यता छ।

थोरै संख्यामा बिरामी हुँदासम्म सरकारले व्यवस्था गरेको आइसोलेसन प्रयोग गर्न सकेने विकल्प छ। अब विस्तारै यो सम्भावना सकिँदै गएको छ। त्यसैले अब आफ्नो तयारी आफैंले गर्नुपर्ने हुन्छ। संक्रमित सँगै एउटै कोठामा बस्नु पर्‍यो भने पनि सकेसम्म संक्रमित व्यक्ति र परिवारका अरू सदस्य बस्ने र सुत्ने ठाउँमा दुई मिटरको दूरी कायम राख्नुपर्छ।

कोठामा चिन्ह लगाएर एकातिर एउटा अर्कोतिर अर्को बस्न सकिन्छ।

कोठामा बस्दा सबैले मास्क लगाउनु पर्छ। एकअर्कासँग सकेसम्म बोल्नु हुँदैन। बोल्न परे मुखामुख गर्नु हुँदैन। अझ फरक-फरक दिशातिर हेरेर बोल्नु राम्रो हो। स्यानिटाइजर र साबुन पानीको प्रयोग धेरै गर्ने हात हरदम सफा राख्ने गर्नुपर्छ। यसो गर्दा रोग सर्ने सम्भावना कम गर्न सकिन्छ।

आजकाल परिवारको एकजनालाई संक्रमण देखिएपछि अरूलाई पनि सर्न थालेको छ। यो सावधानी नअपनाएर, अनुशासन पालना नगरेर हो। जति अनुशासनमा नबस्यो, त्यति नै समस्या पर्छ। सक्नेले पनि अनुशासनको पालना गरेका छैनन्। त्यसले पनि भाइरसलाई मद्दत पुगेको छ। संक्रमण बढेको छ।

संक्रमितले खानामा ध्यान दिनु पर्ने कुरा

खानपिनको हकमा प्रशस्त मात्रामा तरल पदार्थ खानुपर्छ। बेसार, तुलसीको पत्ता,अदुवा,कागती खान हुन्छ। यिनले भाइरससँग लड्ने क्षमता बढाउँछन् भन्ने वैज्ञानिक आधार भने अहिलेसम्म भेटिएको छैन। तर यी खाने कुराले शरीरलाई फाइदा गर्छन्। यिनमा ुएन्टी अक्सिडेन्ट’ हुन्छ, जसले सामान्य रूपमा शरिरको प्रतिरोधात्मक क्षमता बढाउँछन्। तर कोरोना भाइरससँगै लडन सक्ने क्षमता बढाउँछन् भन्ने छैन। यस्ता कुरा ठिक्क मात्रामा खानु पर्छ, धेरै खायो भने त्यसले शरिरमा हानी गर्छ।

संक्रमण भएका वा नभएका हामी सबैले मास्कको व्यापक प्रयोग गर्नुपर्छ। बाहिर जाँदा, भेटघाट गर्दा अहिले पनि धेरै मानिसले मास्क लगाउने गर्दैनन्। आफूले चिनेको वा परिवारका सदस्यसँग भेट गर्दा मास्क नलगाउने चलन छ। नजिकको मानिसलाई कोरोना भएको छैन भन्ने आत्मविश्वास देखिन्छ। त्यो गलत सावित हुनसक्छ। सबैलाई लक्षण नदेखिने हुँदा कसलाई कोरोना छ, थाहा हुन्न। धेरैलाई यो बुझाउन सकिएको छैन, धैरैलाई मास्कको अनिवार्यता थाहा छैन। आफूलाई नलागुन्जेल ढुक्क हुने हाम्रो बानी छ। यसले हामीलाई हानी गर्नेछ।

कोरोना लागेको व्यक्तिसँग ५ देखि १५ मिनेट सम्पर्कमा आएपछि संक्रमण सर्छ भनिन्छ। तर हाछ्युँ गर्ने र खोक्ने भएमा ५ मिनेटभन्दा थोरै समयमा पनि सर्नसक्छ। त्यसैले दुबैले मास्क लगाउने अनि दुई मिटरको दूरी कायम गरे एकजनाबाट अर्कोमा भाइरस सर्ने सम्भावना कम हुन्छ।

कस्तो अवस्थामा अस्पताल जाने ?

घरमा बस्दा ज्वरो आएको छ कि छैन हेर्नुपर्छ। ज्वरो १ सय १ डिग्रीभन्दा माथि आएको छ भने तुरून्तै अस्पताल जानुपर्छ। श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने कुनैपनि खालका पहिला नदेखिएका अप्ठेरा महशुस भए तुरून्तै चिकित्सकलाई सम्पर्क गरेर नजिकको अस्पताल जानुपर्छ। त्यसका लागि एम्बुलेन्सको समेत जानकारी राख्न जरूरी हुन्छ।

घरमा संक्रमण भएका सदस्य आइसोलेसनमा बसेका छन् भने अरू सदस्य सचेत हुनुपर्छ तर अत्तालिनु हुन्न। त्यसले बिरामीको मनोबल खस्कन्छ। बिरामीलाई संक्रमणले च्याप्दैछ कि छैन भनेर सधैँ सचेत हुनपर्छ। सास फेर्न गाह्रो हुन थाल्यो भने कसरी अस्पताल लैजाने, कुन अस्पताल लैजाने भनेर पहिले नै सल्लाह र निर्क्यौल गरेको हुनपर्छ।

Related posts:

प्रदेश २ मा दुई साताअघि सरुवा भएर सप्तरी आएका एसपी र डिएसपीलाई कोरोना संक्रमण भारतमा एकैदिन ९० हजार हजारभन्दा धेरै संक्रमित थपिए,समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगे कोरोना संक्रमित थप्दिै प्रदेश २ मा भयो भेन्टिलेटर आभाव,सामाजिक विकास मन्त्रीका छोरा शैलेशकुमारलाई पठाईयो काठमाडौं पठाइयो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना पुष्टि कोरोना संक्रमित पता लगाउन कुुकुर परिचालन, सुँघेर पत्ता लगाउँछ पिसिआरभन्दा भरपर्दो नतिजा प्रदेश २ को धनुषा सहित देश भर २४ घण्टामा हालसम्मकै धेरै १५३९ जनामा कोरोना संक्रमण पुष्टि,देशभर कुन जिल्लामा कति ?(विवरणसहित) एकै परिवारका ९ जनाले ज्यान गयो मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने नेकपाको निर्णय,नेकपाका ८ लाख सदस्य
Previous Post

कोरोनाको कहर विच स्वदेश फर्किए ११ लाख नेपाली,हवाईमार्गबाट आउनेहरूले ७२ घण्टाअगाडि पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने

Next Post

प्रदेश–२ मा सबैभन्दा बढी निरक्षर,१२ वर्षमा सात अर्ब ४० करोड १३ लाख ७५ हजार खर्च,घोषणा हुन सकेन साक्षर नेपाल

Today

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.