
श्रीकान्त झा । जनकपुरधाम । असोज २३ गते । नेपालको प्रदेश नम्वर २ पर्यटकीय गन्तव्य मध्य एक जनकपुरधाम फोहर र लामखुट्टेको केन्द्र बन्दै गएको छ । अहिले जनकपुरधाम सहित विश्वभरी माहामारीको रुपमा फैलिएको कोराना भईरसले करोडौं हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र तथा प्रदेश २ को अस्थाई राजधानी रहेका जनकपुरधाम तथा विशेष गरी महत्वपूर्ण रुपमा मानिने जानकी मन्दिरमा आउनेको क्रम्म रोकिए पनि फोहर व्यवस्थापन गर्न नसक्नु र्दुभागीय पूर्ण अवस्था रहेको स्थानिय जनकपुरधाका बासिन्दाहरुको भनाई रहेको छ ।
नेपालको आन्तरिक तथा भारतका विहार,उत्तर प्रदेश लगायत अन्य मुलकका लाखौं श्रद्धालु भक्तजनहरु जनकपुरधाममा माता जानकी,माता राजदेवी,भगवान राम लगायतको देवि देवतालाई दर्शन गर्ने उद्देश्यले जनकपुरधाम अउने गर्दछ तर जनकपुरधामको मुख्य प्रवेश द्धार उत्तर पट्टि पिराडी चौक,रामानन्द चौक,दक्षिण पट्टिमा जिरोमाईल,एयरपोर्ट रोड,मुरली चौक अत्याधिक फोहर र लामखुट्टे छन् त्यति मात्रै होईन मुख्य आस्ताको केन्द्र जानकी मन्दिरको चारै तिर फोहरका चाङ्घ हुन्छ जसमा पनि छाडा चौपाया र सुंगुरहरुको आतंकले सोचेको जस्तो जनकपुरधाम नरहेको कारण धर्मावलम्बीहरु दर्शन गरी सोही दिन फर्कने गरेको कारण तिनिहरुको मनमा नाकारात्मक सन्देश लिएर जाने गरेको कुरा सर्वपक्षीय वर्गमा एउटा सोचने विषय छ । जसले गर्दा जनकपुरधामको राम्रो सन्देश हैन खराव सन्देश सर्वध फलिने गरेको छ ।
हामीले सो धार्मीक पर्यटकहरुको बसाई लम्बयाउन सके यो क्षेत्रको आर्थिक,धार्मीक तथा सामाजिक क्षेत्रमा व्यापक प्रभाव पर्ने थियो । जसको लागि जनकपुर उपमहानगरपालिकाले गरेर मात्रै साध्य कदापी हुदैन तसर्थ स्थानिय व्यापारी,स्थानियवासी लगायतले फाल्ने गरेको जथाभावी फोहर आफै व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले वताए ।
दर्शनीय स्थलहरुलाई जोडेर एक प्याकेज बनाई लम्बयाउन सकिने भएपनि मुख्य केन्द्रबिन्दु जनकपुरधाम नै बस्न नसकिने भएपछि प्याकेजको कुनै अर्थ रहदैन । खासगरी विभिन्न विकास निमार्णका योजनहरु जनकपुरधाम नगरक्षेत्रभित्र कार्यरत्त रहेको अवस्थामा फोहरलाई व्यवस्थापन गर्नु उपमहानगरपालिकाको ठुलो चुनौती नै हो ।
तसर्थ जनकपुरधामको मुख्य परिचय नै जानकी मन्दिर भएकोले सो वरिपरि पनि कमसेकम सरसफाई निरन्तरता दिईए पर्यटकहरुले फोहर जनकपुरको छाप लिएर जाने जादैन ।