
जनकपुरधाम । कर्तिक २५ गते । कोरोना महामारीको मौका छोपी व्यवस्थापन र नियन्त्रणका लागि प्रदेश २ मा सरकारद्वारा गरिएको खर्च तथा निकाशा बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोजबिन सुरु गरेको छ।
अख्तियारले प्रदेस २ को मुख्यमन्त्री कार्यालयलाई पत्राचार गरी कोभीड खर्चका नाममा विभिन्न शीर्षकमा २ अर्बभन्दा बढी आर्थिक अनियमितता भएको भन्दै रायप्रतिक्रिया सहितको प्रमाणित कागजातहरु उपलब्ध गराउन भनिएको छ। यस अघि पनि अख्तियारले सम्बन्धित कार्यालयहरुमा खर्च बिबरण उपलब्ध गराउन भनेको थियो ।
महामारी नियन्त्रण र व्यवस्थापनको जिम्मेवार सामाजिक विकास मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयले अख्तियारको पत्र र माग गरिएको सूचनाहरु उपलब्ध गराउन पत्राचार गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
६ पृष्ठ लामो पत्रमा विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गरिएको छ । समाजिक विकास मन्त्रालय अन्तर्गतका कार्यालयले अनियमित तरिकाले बजेट कुम्ल्याएको चौतर्फी आलोचना पछी अख्तियारले कारवाही तथा अनुसन्धान सुरु गरेको हो । प्रदेस २ मा झण्डै २ अर्ब अनियमितता भएको स्रोतको कथन छ ।
संक्रमण फैलिएदेखि यसको व्यवस्थापन र अस्पतालहरुको स्तरउन्नती, आइसोलेसन व्यवस्थापन, तथा विभिन्न स्वास्थ्यजन्य उपकरण खरिद लगायतमा अनियमितता भएको कुरा खोजकेन्द्र अन्लाईनले सामाचार लेखेको छ ।