
काठमाण्डौ । कर्तिक २५ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामाकोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार हालसम्मकोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्तभएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमाहालसम्मकोरोनामुक्तहुनेको संख्या १ लाख ६० हजार ५ सय७७जनापुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमाथप २२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले जनाएको छ । योसँगै नेपालमाकोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ । यसैगरी नेपालमा १ हजार ५८ जनाक्वारेन्टाइनमा रहेका छन् ।