
काठमाण्डौ । कर्तिक १९ गते । नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका प्रभावकारी रुपमा सन्चालन हुन नसक्दा राजश्व संकलन प्रभावित भइरहेको छ । चीनतर्फवाट सिमित गाडीमा मात्र सामान आयात हुंदा सामानहरु साविकका वर्ष जसरी आउन सकेको छैन् । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी नाकामा कोरोनाका कारण चिनीया गाडीमा मात्र सामान ल्याउने सहमति भएका कारण माग गरिए अनुसार आउन नसक्दा राजश्व संकलन तथा आयात निर्यात कार्य प्रभावित भएको छ ।
दुई देशको सरकारी अधिकारी वीचको सहमति अनुसार चीनको केरुङतर्फ सामान लिन नेपाली गाडी जान नपाउने र चीनका पाँच गाडीले मात्र नेपाल सम्मको सिमानामा सामान ल्याएर वुझाउने भएका कारण व्यापारीहरुले अर्डर गरे अनुसार जाडोयामका सामानहरु आउन नसकेको हो । गत वर्ष यस अवधिमा रसुवागढी नाका हुदै २७ अर्व रुपैया वरावरको लत्ताकपडा तथा अन्य सामानहरु नेपाल भित्रिएको थियो । तर, यस वर्ष कोरोनाका कारण चालु आर्थिक वर्षको चार महिनाको अवधिमा हिजो सम्म १२ अर्वको मात्र सामान आएको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षको अनुपातमा यस वर्ष सामान आयातमा कमी आएको हो । नेपाली व्यापारीहरुले गत वर्षको भन्दा वढि अनुपातमा चीनको केरुङमा वडादशैं, तिहार तथा अन्य चाडपर्व र जाडोयामका सामानहरु माग गरेको वुझिएको छ । तर, उतावाट गाडी नै कम आएपछि सामान समेत साविक वर्षको जसरी आउन नसकेको भन्सार प्रमुख खड्काले वताउनुभएको छ ।
सभार सिआईएन खवर