
श्रीकान्त झा । रेडियो जनकपुर । जनकपुरधाम । असोज १६ गते । साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा प्रदेश २ को मतहत जिल्लाहरुमा दर्ता भएका छन् । दुई महिनामै बलात्कार ‘ग्राफ’ यति धेरै बढ्नु सामान्य होइन । कोरोना महामारीकै समयमा पनि बलात्कारका घटना बढेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई यस प्रति गम्भिर बन्दै आफना प्रदेश मातहतका प्रहरी कार्यालयहरुलाई बालात्कारको घटनामा कुनै सम्झौता नगरि काडा भएर काम गर्न निर्देशन दिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्त एवमं प्रहरी उपरिक्षक कृष्ण प्रसाईले वताउनु भयो । अन्य अपराधमा केही कमी आए पनि बलात्कारका घटना बढेको प्रहरी निष्कर्ष छ ।
प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र७५ मा १ सय ७०,२०७५र७६ मा २९६ वटा र २०७६ र ७७ मा २८५ वटा बलात्कारका मुद्दा दर्ता भएको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोनाको मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण साउन र भदौमा सबैभन्दा बढी बलात्कारका घटना भएको प्रहरी उपरिक्षक प्रसाईको भनाइ छ ।
प्रदेश २ प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले अधिकतर घटना परिचित र आफन्तबाट हुने गरेको छ भने सामाजिक सत्तजालको दुर्पयोग हुनु तथा अभिभावकले आफनो जिम्मेवारीको राम्रो निर्वाह नगरेको कारण हुने गरेको बताए । उनले भने,‘धेरै घटना ‘क्लोज रिलेसनसिप’ बाटै भएका छन्, आफ्नै मिलोमतनोमा शाररिक सम्वन्धि राखछन् तर कुनै दिन कुरा वाहिर आउदा वा विदेशमा रहेका श्रीमानलाई जानकारी हुदाँ डर र दवावमा बलात्कार गरेको घटना बाहिर आउछ भन्ने मनशाय पनि देखिन्छ, कतिपयले धम्की दिएर पनि बलात्कार गरेका छन् र गराएका छन् त कतिले अन्य कारणमा गराउने प्रयास गराएका छन् ।’ उनका अनुसार बलात्कारका घटना बढ्न थालेपछि नेपाल प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ । अनुसन्धानबाट सामाजिक सञ्जालको दुरुपयोग र अश्लील भिडियो सामग्रीले बालमनोविज्ञानमा असर पारेको पत्ता लागेको छ । भने लेनदेन र छाडापनले प्रय बालात्कारको घटना बढेको देखिन्छ ।
बलात्कृतमध्ये ६० प्रतिशतजति २० देखि २५ वर्षमुनिका छन् । त्यसमा पनि ११ देखि १५ वर्षबीचका धेरै छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र निमुखा तथा दलित समुदायका बढी छन् । प्रहरी तथ्यांकअनुसार बिरामी, अपांगता भएका, स्कुल जाने उमेर नभएका, पाको उमेरका, गर्भवती र वृद्धासम्म बलात्कारीको सिकार हुने गरेका छन् । प्रहरीको समग्र तथ्यांक हेर्दा बलात्कृत हुनेमध्ये सबैभन्दा धेरै पीडित कम उमेरका छन् ।
प्रहरीले तयार पारेको ग्राफिक्समा सुन्दै अचम्म लाग्ने बलात्कारका घटना समावेश छन् । ६ महिनाकी शिशुसमेत बलात्कारीको मारमा परेको प्रहरीकै तथ्यांक छ ।
त्यस्तै ७५ देखि ९५ वर्षसम्मका वृद्धसमेत यस्तो घिनलाग्दो अपराधको सिकार भइरहेका पाईएको छ । यस्ता बालात्कार जन्य घटना हाम्रो सामाजमा दिनादिन वढिरहेको बखत हामी सबैले सजग भई अगाडी बढे अवश्य न्यूनिकरण हुने आशा र विश्वास छ ।