
जनकपुरधाम । कर्तिक २० गते । जनकपुरधामको फोहरलाई व्यवस्थापनमा उपमहानगरपालिकाको ठुलो चुनौती रहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले “सवको हाथ सवको साथ” जनकपुरधाम उप–महानगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ ।
अभियानलाई निरिन्तरता दिदै जनकपुरभाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको नेतृत्वमा बुधवार जनकपुरधामको पिडारी चोकमा सरसफाई गरिएको छ । अनुरुप फोहर व्यवस्थापनको समस्या भोगि रहेका उप–महानगरले वैकल्पिक व्यवस्थाहरु गरी नगरलाई सफासुघर राख्न हर सम्भव प्रयासरत्त रहेको छ । याहाँका नगरवासीहरुको सोचमा परिवर्तन ल्याउनुपर्छ । फोहर व्यवस्थापनको कार्य मात्रै उपमहानगरपालिका कै हो भन्ने सोच परिवर्तन गरि हामी सबैको नगरहो आफनो स्थानको सरसफाई आफै गरे जनकपुरधाम सफ र सुन्दर हुने सरसफाईलाई नेतृत्व गरिरहेका मेयर लालकिशोर साहले वताउनु भयो ।
मेयर साहले भने हामीले नगर सफाईलाई थप प्रभावकारी वनाउन “सवको हाथ सवको साथ” भन्ने अभियान सुरु गरेका छौ । यस अभियानमा सवै नगरवासीले सहयोग गर्नु हुन्छ भन्ने विषवास छ ।
बाटोमा फोहर फ्याक्नु, छाडागाईबस्तु तथा निर्माण सामग्रीहरु जथाभावी राख्ने गरेका कारण उप–महानगरका सडकहरु दिनहुँ फोहरमय हुँदै गएको छ । उप–महानगरपालिकाले आफ्ना सफाई कर्मचारीलाई दिनहुँ सरसफाईमा परिचालन गरेपनि यहाँ दैनिककोे फोहर व्यवस्थापन गर्नमा समस्या भई रहेको उप–महानगरपालिकाको मेयर साहले वताए ।
ठाउँ ठाउँमा कन्टेनर,डस्टविन लगायतका सामग्रीहरु राखिएको भएपनि सडकमै फोहर फ्याक्ने परिपाटिले पनि फोहर व्यवस्थापनमा भने समस्या भोग्नु परि रहेको छ । उप–महानगरले फोहर व्यवस्थापन गर्नकालागि सरसफाई कर्मचारी तथा ट्याक्टर र टिपरहरु दिनहुँ परिचालन गर्दै आईनै रहेका छन् ।