
श्रीकान्त झ । जनकपुरधाम । असोज ३० गते । केहि दिन पहिला रेडियो जनकपुरबाट जनकपुरधामको फोहरलाई व्यवस्थापनमा उपमहानगरपालिकाको ठुलो चुनौती भन्ने शिर्षकको सामाचार सामाचार पोर्टलमा आएको केहि दिन मै जनकपुरधाम उप–महानगरपालिकाले सरसफाईलाई निरन्तरता दिएको छ । फोहर व्यवस्थापनको समस्या भोगि रहेका उप–महानगरले वैकल्पिक व्यवस्थाहरु गरी नगरलाई सफासुघर राख्न हर सम्भव प्रयासरत्त रहेको छ ।
जनकपुरधाम उप–महानगरका प्रमुख लाल किशोर साहको आदेशमा सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । विगत तीन दिन देखि उप–महानगरपालिकाले विभिन्न वाडा वडामा गर्ई सरसफाई कार्यलाई निरन्तरता दिएको छ । सरसफाई कार्य अनुरुप पेठिया बजार देखि भैरव स्थान सम्मको सरसफाई गरिएको छ ।
पहिलो दिन राम मन्दिरको वरिपरिको सरसफाई गरिएको थियो भने दोस्रो दिन वडा ६ को सरसफाई गरिएको थियो । भने वडा ७ को पेठिया बजार देखि भैरव स्थान सम्म सरसफाई गरिएको छ ।
बाटोमा फोहर फ्याक्नु, छाडागाईबस्तु तथा निर्माण सामग्रीहरु जथाभावी राख्ने गरेका कारण उप–महानगरका सडकहरु दिनहुँ फोहरमय हुँदै गएको छ । उप–महानगरपालिकाले आफ्ना सफाई कर्मचारीलाई दिनहुँ सरसफाईमा परिचालन गरेपनि यहाँ दैनिककोे फोहर व्यवस्थापन गर्नमा समस्या भई रहेको उप–महानगरले जनाएको छ ।
ठाउँ ठाउँमा कन्टेनर, डस्टविन लगायतका सामग्रीहरु राखिएको भएपनि सडकमै फोहर फ्याक्ने परिपाटिले पनि फोहर व्यवस्थापनमा भने समस्या भोग्नु परि रहेको छ । उप–महानगरले फोहर व्यवस्थापन गर्नकालागि सरसफाई कर्मचारी तथा ट्याक्टर र टिपरहरु दिनहुँ परिचालन गर्दै आईनै रहेका छन् ।